फाइनलपछि एमबाप्पेको भावुक सन्देश – ‘वी विल बी ब्याक’
पाेखरा | पुस ५, २०७९
विश्वकपको उपाधि चुम्न अर्जेन्टिना बाधक बनेपछि कुनै प्रतिक्रिया नजनाएका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेले अन्ततः मौनता तोडेका छन् ।
एमबाप्पेले ट्वीट्मार्फत् ‘वी विल बी ब्याक’ अर्थात् हामी फेरि आउनेछौं भनेका छन् । उनको भनाई अनुसार फ्रेञ्च टोली आगामी विश्वकपकालागि पुनः तयार हुनेछ ।
एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपनि टाइब्रेकरमा देशलाई जिताउन सकेनन् । विश्वकपको फाइनल इतिहासमा सन् १९६६ मा बेलायती खेलाडी जिओफ हस्र्टपछि एमबाप्पेले ह्याट्रिक गरेका हुन् ।
अर्जेन्टिनासँग निर्धारित र थप समयमा ३–३ बराबरीपछि टाइब्रेकरमा ४–२ को गोल अन्तरले फ्रान्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

